ज्योति विकास बैङ्कको बोनस शेयर प्रमाणपत्र वितरण

2015-07-29

साउन १३, काठमाडौँ । ज्योति विकास बैङ्कले आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशतको दरले बोनस शेयर प्रमाणपत्र वितरण साउन १३ गते देखि गर्दैछ । बैङ्कको शेयर रजिष्ट्रार श्री एस क्यापिटल लिमिटेड रहेको छ । जेठ १८ गते सम्पन्न भएको बैङ्कको सातौँ वार्षिक साधारण सभाले यो प्रस्ताव पारित गरेको थियो ।