नेशनल हाइड्रोको विद्युत् बिक्री आय घट्यो, सञ्चितीमा २४ करोड, विवाद बाँकी नै

2015-07-5

बर्षाैदेखि वित्तीय विवरण प्रकासित नगरिरहेको नेशनल हाइड्रोपावर कम्पनीले यसपटक भने चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको प्रकासित वित्तीय विवरण अनुसार कम्पनीको खुद आम्दानी ३६ प्रतिशतले घटेर ४२ करोड ७९ लाख रुपैयाँमा सिमित भएको छ । कम्पनीले त्रैमाशिक खुद मुनाफाको अवस्था नदोएपनि यसअघिका नाफा सञ्चिती २० करोड ३८ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ । यससंगै कम्पनीको सञ्चिती भने २४ करोड ६६ लाख पुगेको उल्लेख गरेको छ ।