प्रिमियर इन्स्योरेन्सको हकप्रद शेयर प्रमाण पत्र वितरण

2015-08-27

भदौ १०, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको एक शेयर बराबर एक दशमलव पन्ध्र शेयर (१ः१.१५) को अनुपातमा निष्काशन गरीएको हकप्रद शेयरको बाँडफाँट गरीएको हुदाँ बाँडफाँट कायम शेयर धनीहरुलाई भदौ १४ गते देखि शेयर प्रमाण पत्र वितरण गरीदैछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।