Market Closed

नेप्सेमा २ बैंकको ५० लाख इकाई डिबेन्चर सूचीकृत

09 Jul,2020
  • debenture_7_9_2020_7_39_55.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार २ बैंकको ५० लाख इकाई डिबेन्चर सूचीकृत भएको छ । जसमा कृषि विकास बैंक र सिटिजन्स बैंकको समान २५–२५ लाख इकाई रहेका छन्् । कृषि विकास बैंकले गत माघ १४ गतेदेखि फागुन १४ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो ।

सोही ऋणपत्र सूचीकरण गरिएको  हो । यस्तै, सिटिजन्सले पनि फागुन २० गतेदेखि चैत ४ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । सोही ऋणपत्र सूचीकरण गरिएको हो । 
 

Post Your Comment