कृषि विकास बैंकको ५० प्रतिशत हकप्रद कात्तिक ३ देखि बिक्री खुला, कृषिकै शाखा कार्यालयहरूमा पाइन्छ फारम

06 Oct,2016
  • agri_10_7_2016_12_18_17.jpg
नेपाली पैसा

काठमाडौं : कृषि विकास बैंकको ५० प्रतिशत हकप्रद सेयर कात्तिक ३ गतेदेखि बिक्री खुला हुने भएको छ ।

बैंकले एक सय रूपैयाँको एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयरको बिक्री बन्द मंसिर ७ मा हुनेछ ।

कृषिको हाल साधारण सेयरको पुँजी तीन अर्ब ९३ करोड ७६ लाख रूपैयाँ रहेको छ । कृषिमा बिक्री प्रबन्धकको काम एस क्यापिटल लिमिटेडले गर्दैछ ।

लगानीकर्ताले एस क्यापिटल लिमिटेड, एस डेभलपमेन्ट बैंक, सीबीआइएल क्यापिटल लिमिटेडमा आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।

यसैगरी, कृषि विकास बैंकको सबै शाखा कार्यालयमा पनि फारम लिन र बुझाउन सकिनेछ ।