कृषिको करामत, कमायो ४२ करोड खुद नाफा, निक्षेप ८५ अर्ब ६६ करोड

15 Nov,2016
  • Agriculture_development_11_15_2016_4_37_59.jpg
नेपाली पैसा 
 
काठमाडौं : कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ करोड २३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
यो नाफा रकम गत वर्षको भन्दा १३ करोड ३७ लाख ११ हजार रुपैयाँले धेरै हो । गत वर्ष कृषिले २८ करोड ८६ लाख ८० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
 
साधारण सेयरको पुँजी तीन अर्ब ९३ करोड ७६ लाख रूपैयाँ रहेको यो बैंकको जगेडा कोषमा आठ अर्ब ८० करोड ७७ लाख तीन हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष आकर्षक देखिन्छ । 
 
गत वर्ष बैंकको जगेडा कोषमा ६ अर्ब नौ करोड ६७ लाख ६२ हजार रुपैया मात्र रहेको थियो । यसआधारमा जगेडा कोषलाई पनि कृषिले थप मजबुत बनाउँदै लगेको देखिन्छ । 
 
निक्षेप गत वर्षको ७९ अर्बबाट बढाएर ८५ अर्ब ६६ करोड ८४ लाख १८ हजार  पु¥याउन सफल भएको यो बंैकले ८१ अर्ब १३ करोड पाँच लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरिसकेको छ ।  
 
बैंकले खुद ब्याज आम्दानीमा पनि गत वर्षको भन्दा ५२ करोड रूपैयाँ बढाउन सफल भएको छ । 
 
गत वर्ष बैंकको खुद ब्याज आम्दानी एक अर्ब नौ करोड ३४ लाख आठ हजार मात्र रहेकोमा यो त्रैमासमा एक अर्ब ६१ करोड ७९ लाख ८० हजार रुपैया पुगेको छ । 
 
बंैकले सम्भावित जोखिमका लागि ५८ करोड ११ लाख २३ हजार रुपैयाँ छुट्याउदा २५ करोड ८० लाख तीन हजार रुपैयाँ राइट ब्याक गर्न सकेको छ । 
 
खराब कर्जा ३.८३ प्रतिशत रहेको बैकको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ तीन सय २१ रुपैयाँ २३ पैसा छ ।