अरुणभ्याली हाइड्रोपावर कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, २९ असार २०७३)

13 Jul,2016
  • aarun_7_13_2016_11_30_25.jpg


कम्पनीको  २०७२/७३ आवको तेस्रो त्रैमासमा खुद नाफा ३१ दशमलव ४७ प्रतिशत बढेको छ । अन्य आय २ गुणाले बढ्नाले र कुल आम्दानी २१ प्रतिशत बढनाले खुद नाफा बढेको हो । हालको शेयरमूल्य नेटवर्थको साढे ३ गुणा छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्युट्रल जोन (५६ स्केल)मा छ । खरीद चाप र विक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन १० दशमलव ३३ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : सातदिने एभरेज रेखा र २१ दिन एभरेज रेखा नजिँकिदै गएका छन् । यस्तो बेला सातदिने रेखाले २१ दिने रेखालाई माथिबाट काटेर तल गएमा शेयरमूल्य घट्छ । २१ दिने रेखामा टेवा पाएर फर्किएमा बजार बढ्छ ।  हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ३ सय ८६ मा टेवा र मूल्य महँगिएमा रू. ४ सय ३५ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को तेस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
- कम्पनीको २०७२/७३ आवको तेस्रो त्रैमासमा खुद नाफा ३१ दशमलव ४७ प्रतिशत बढेर रू. ४ करोढ ९४ लाख पुगेको छ । अन्य आय २ गुणा बढ्नाले र कुल आम्दानी २१ प्रतिशत बढ्नाले खुद नाफा बढेको हो ।

- गत असोज मसान्तसम्मको तुलनामा चैत मसान्तसम्ममा अन्य स्रोतबाट भएको आम्दानी साढे २ गुणा बढेको छ ।

- जगेडा कोष १६ दशमलव ६६ प्रतिशत घटेर रू. ६ करोड ९४ लाखमा सीमित भएको छ ।

- लगानी ५२ दशमलव ८६ प्रतिशत बढेर रू. ४६ करोड ७७ लाख पुगेको छ ।

-खुद चालू सम्पत्ति ५१ दशमलव २८ प्रतिशत घटेर रू. १६ करोड ७१ लाखमा सीमित भएको छ भने खुद चालू दायित्वमा ६१ प्रतिशत बढेर रू. ५ करोड ७१ लाख पुगेको छ ।

- प्रसासनिक खर्च ६ प्रतिशत घटेर रू. ४९ लाख ६८ हजारमा सीमित भएको छ ।

- कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार निकट भविष्यमा संस्थाले नयाँ जलविद्युत् आयोजना निर्माण गर्ने पूर्वतयारी भइरहेको उल्लेख गरेको छ ।

- कम्पनीको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो करीब ३४ गुणा र प्रतिशेयर आम्दानी रू. ९ छ । हालको शेयरमूल्य नेटवर्थको साढे ३ गुणा छ ।