अरुण भ्यालीको लगानी ८३ प्रतिशत बढ्यो

03 Feb,2016
  • arun_vallley_2_3_2016_3_31_12.jpg
माघ २०, काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको आव २०७२÷७३ को दोस्रो त्रैमाशको कुल आय रू.४ करोड ९९ लाख पुगेको छ । यो गत आवको दोस्रो त्रैमाशको तुलनामा ३ प्रतिशत बढी हो । चालु आवमा सञ्चालन मुनाफा ३ प्रतिशत बढेको छ । कम्पनीको सञ्चित तथा जगेडा कोष ३३ प्रतिशत घटेको छ । चालु आवमा लगानी ८३ प्रतिशत बढेको छ । त्यसैगरी कम्पनीको बिक्री आय शून्य दशमलव शून्य २५ प्रतिशत घटेको र अन्य आम्दानी सोत्त १८ प्रतिशत बढेको छ ।