अल्पाइनको ७४ हजार ८४ कित्ता सेयर लिलामीमा, मंसिर १२ देखि १९ गतेसम्म म्याद

11 Nov,2016
  • Alpine-Development-Bank_11_11_2016_10_45_57.jpg
नेपाली पैसा 
 
काठमाडौं : अल्पाइन डेभलपमेन्ट बैंकले ७४ हजार ८४ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । 
 
बैंकले ३२ हजार तीन सय १५ कित्ता संस्थापक र ४१ हजार सात सय ६९ कित्ता सर्वसाधारण समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । यो सेयरका लागि आवेदन दिने म्याद मंसिर १२ देखि १९ गतेसम्म तोकिएको छ । 
 
अल्पाइनले गत साउनमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसबेला बिक्री नभएको सेयर अहिले टेन्डरमार्फत बिक्री गर्न लागेको हो । न्यूनतम एक सय रूपैयाँ भाउ तोकिएको हुँदा आवेदकले त्यसभन्दा बढी मूल्यसहित टेन्डर प्रस्ताव गर्नुपर्नेछ । 
 
यसमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गरेको छ । लिलामी सेयर किन्न चाहनले मंसिर १९ गते दिउँसो ३ बजेसम्ममा एनएमबी क्यापिटल लिमिटेड नागपोखरी वा अल्पाइन डेभलपमेन्ट बैंकको कार्यालय हेटौंडामा आवेदन दर्ता गराइसक्नुपर्नेछ । 
 
बोलपत्र खुला मंसिर २० गते दिउँसो साँढे तीन बजे एनएमबी क्यापिटल लिमिटेड, नागपोखरीमा हुनेछ ।