अल्पाइन डेभलपमेन्ट बैंकले टेन्डरमा बिक्री गरेको सेयर भयो बाँडफाँड, मंसिर ३० देखि पैसा फिर्ता

11 Dec,2016
  • alpine_12_11_2016_10_40_28.png
नेपाली पैसा
 
काठमाडौं : अल्पाइन डेभलपमेन्ट बैंकले टेन्डरमा बिक्री गरको सेयर बाँडफाँड भएको छ ।
 
बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहतर्फ ३२ हजार तीन सय १५ कित्ता र सर्वसाधारण समूहको ४१ हजार सात सय ६९ कित्ता सेयर टेन्डर मार्फत बिक्री खुला गरको थियो । 
 
बैंकले मंसिर १२ गते देखि १९ गतेसम्म बोलकबोल माध्यमबाट सेयर बिक्री खुला गरेको थियो । सेयर बाँडफाँडमा नपरेको रकम मंसिर ३० गतेदेखि फिर्ता दिइने भएको छ । 
 
सेयर नपरेका आवेदकहरुले एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंमा गएर पैसा फिर्ता लिन सक्नेछन् । यो हकप्रदमा बिक्री प्रबन्धकको काम  एनएमबि क्यापिटल लिमिटेडले गरेको हो ।