एशियन लाइफको सामूहिक सावधिक जीवन बीमा योजना

21 Mar,2016
  • asian_life_logo_3_21_2016_12_49_36.png
 
एशियन लाइफको सामूहिक सावधिक जीवन बीमा योजना
 

चैत ७, काठमाडौं (अस) । कुनै संस्थामा कार्यरत कर्मचारीलाई लक्षित गरी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘सामूहिक सावधिक जीवन बीमा’ योजना सञ्चालन गरेको छ । सामूहिक जीवन बीमाको अवधारणाअनुरूप ल्याएको योजनाअन्तर्गत कुनै संस्थामा कार्यरत कर्मचारीले सहुलियतपूर्ण बीमाशुल्कमा सामूहिक रूपमा जीवन बीमा गर्न सक्ने कम्पनीको भनाइ छ । कुनै संस्थामा ६ महीनादेखि कार्यरत कर्मचारी सहभागी हुन सक्ने योजनाअन्तर्गत ५० हजारदेखि ५० लाख रुपैयाँसम्मको बीमा गर्न सकिने कम्पनीले बताएको छ । यो बीमा योजनामा सहभागी बीमितले दुर्घटना लाभ सुविधासमेत पाउने बताइएको छ ।

कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी यसअघि एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमङ्ग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पती सुरक्षा, धन समृद्धिलगायत जीवन बीमा योजना सञ्चालन गरेको छ ।