एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण

05 Apr,2016
  • asian1_4_6_2016_10_25_36.jpg
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (मङ्गलवार, २३ चैत २०७२)
 

प्राविधिक विश्लेषण

  • आरएसआई : न्युट्रल जोन (४७ दशमलव २२ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन ३३ दशमलव २६ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।
  • मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य २१ दिने रेखा, सातदिने रेखा र ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ३ सय ४० मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. १ हजार ३ सय ८० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :

  •    कम्पनीको दोस्रो त्रैमासमा खुद नाफा २३ दशमलव २६ प्रतिशत बढेर रू. १ करोड ५३ लाख पुगेको छ । आय ८ गुणा बढ्नाले खुद नाफा बढेको हो ।
  •    जगेडा कोष ३४ दशमलव ६१ प्रतिशत घटेर रू. १८ करोड ७२ लाख पुगेको छ । बीमा कोष ३० दशमलव ७० प्रतिशत बढेर रू. ६ अर्ब ७७ करोड पुगेको छ ।
  •    दीर्घकालीन लगानी तथा कर्जा ९ दशमलव ५५ प्रतिशत बढेर रू. ५ अर्ब ५५ करोड पुगेको छ ।
  •    नाफा नोक्सान हिसाबमा आम्दानी १६ दशमलव ९८ प्रतिशत बढेर रू. २ करोड ५९ लाख र व्यवस्था तथा खर्चहरू ७ दशमलव ७० प्रतिशत बढेर रू. १ करोड ५  लाख पुगेको छ ।
  •    आय ८ गुणाले बढेर रू. १ अर्ब १४ करोड  र व्यय १२ दशमलव ८६ प्रतिशत बढेर रू. २५ करोड ९५ लाख पुगेको छ ।
  •    चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू २ गुणा र चालू दायित्व तथा व्यवस्थाहरू साढे ९ गुणा बढेको छ ।
  •    कुल बीमाशुल्क आर्जन रकम १९ गुणा बढेर रू. ८ अर्ब ३९ करोड पुगेको छ । कुल दाबी भुक्तानी रकम ९ दशमलव ५५ प्रतिशत बढेर रू. ३९ करोड २५ लाख पुगेको छ ।
  •    कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ६४ दशमलव ९१ प्रतिशत घटेर रू. २४ लाख ३ हजार पुगेको छ र भुक्तानी हुन दाबी सङ्ख्या ५९ दशमलव ३८ प्रतिशत घटेर २६ मा सीमित भएको छ ।