एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (शुक्रवार, २१ जेठ २०७३)

03 Jun,2016
  • asian_life_building_6_5_2016_10_26_33.png

कम्पनीको २०७२/७३ आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३० दशमलव ४७ प्रतिशत बढेको छ । आय २१ प्रतिशत बढेर रू. १ अर्ब ७२ करोड पुगेको छ ।

प्राविधिक विश्लेषण


-    आरएसआई : न्युट्रल जोन (५७ दशमलव २८ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन ११ दशमलव ५१ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

-    मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा, सातदिने रेखा र भने ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ४ सय ३० मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. १ हजार ४ सय ७० मा प्रतिरोध पाउन सक्छ ।