एशियन लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (शुक्रवार, २४ भदौ २०७३)

09 Sep,2016
  • asian_life_insurance_resize_9_11_2016_11_59_04.jpg


२०७२/७३ आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४८ दशमलव ३६ प्रतिशत बढेको छ । जारी बीमालेख सङ्ख्या ४ दशमलव १८ प्रतिशत बढेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम दिनमा सेतो लामो मारुबोजु बनेको छ । यसले आगामी दिनमा शेयरमूल्य बढ्न सक्ने सङ्केत गर्दछ ।

आरएसआई : न्युट्रल जोन (५८ दशमलव १३ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा छ । स्ट्याण्डर्ड डेभिएशन १९ दशमलव ६७ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन्  । हालको मूल्य सातदिने रेखा, २१ दिने रेखा र ट्रेण्ड लाइनभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ७ सय २० मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. १ हजार ७ सय ९० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को चौथो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
- कम्पनीको अन्तिम त्रैमासमा खुद नाफा ४८ दशमलव ३६ प्रतिशत बढेर रू. ३ करोड ६ लाख पुगेको छ । आय २८ दशमलव १३ प्रतिशत र आम्दानी २७ दशमलव १० प्रतिशत बढ्नाले खुद नाफा बढेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा शून्य दशमलव ३० प्रतिशतबाट बढेर ४ दशमलव ५५ प्रतिशत पुगेको छ ।

- जगेडा कोष ७९ दशमलव २५ प्रतिशत घटेर रू. २० करोड २५ लाखमा सीमित भएको छ ।

- दीर्घकालीन लगानी तथा कर्जा ३२ दशमलव ५६ प्रतिशत बढेर रू. ७ अर्ब ३ करोड पुगेको छ ।  

- आय २८ दशमलव १३ प्रतिशत बढेर रू. २ अर्ब ५६ करोड  पुगेको छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू १६ दशमलव ६९ प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू ३० दशमलव ३१ प्रतिशत बढेको छ ।

- कुल दाबी भुक्तानी सङ्ख्या २ हजार २ सय ६३ छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या ४३ छ ।

- कम्पनीको चौथो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. ४ दशमलव ५६ र पीई रेशियो साढे ३ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको साढे १३ गुणा छ ।