अपि पावरको सम्पूर्ण विद्युत् खपत

24 Mar,2016
  • gallery-1_3_24_2016_12_06_08.jpg

चैत १०, काठमाडौं (अस) । अपि पावर कम्पनीले निर्माण गरेको नौगड गाढ साना जलविद्युत् आयोजनाको सम्पूर्ण विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह भएको छ । ८ दशमलव ५ मेगावाट क्षमताको यस आयोजनाले २०७२ भदौ २ गतेबाट व्यापारीक उत्पादनसमेत शुरू गरेको हो । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको चमेलिया आयोजनास्थित बलाँच सबस्टेशनको ३३ केभी ‘बस बार’मा जोडिएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपाने बताए ।

यसअघि कम्पनीको उत्पादित विद्युत् १ सय ३२ केभीको ट्रान्समिशन लाइनबाट जाने प्रावधान भएको भए पनि ट्रान्समिशन लाइनको निर्माण कार्य पूरा नभएकाले बैकल्पिक ३३ केभीबाट प्रसारण भइरहेको थियो ।

यस कम्पनीका लगानीकर्ताले आफ्नो लगानीमा न्यूनतम वार्षिक १५प्रतिशत प्रतिफल पाउने प्रक्षेपण गरिएको छ ।  १२ वर्षमा ऋण चुक्ता गर्ने कम्पनीको योजना छ । पीपीए दर सुक्खा महीनामा ७ रुपैयाँ र वर्षात्मा ४ रुपैयाँ रहेको छ । सम्झौतामा प्रत्येक वर्ष ३ प्रतिशतका दरले ९ पटकसम्म उक्त दर बढ्नेछ ।