अपि हाइड्रोपावर कं. लि. : कम्पनी विश्लेषण (शुक्रवार, २६ चैत २०७२)

08 Apr,2016
  • power_4_8_2016_12_19_14.jpg
 

 

 
 

गत आवमा रू. २७ लाख ७१ हजार घाटामा रहेको कम्पनीको खुद नाफामा केही सुधार भएर रू. ८४ लाख पुगेको छ । कम्पनीले चैत २७ गते हुने साधारणसभामा १ः२ अनुपातको हकप्रद शेयर जारी गर्ने प्रस्ताव लैजाँदै छ । सो प्रस्ताव साधारणसभाबाट पारित भएमा जारी गरिनेछ । हकप्रद शेयर निष्कासनपछि चुक्तापूँजी बढेर रू. १ अर्ब ५० करोड पुगेको छ । साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका चैत १२ देखि २६ गतेसम्म बन्द गरिएको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्यूट्रल जोन (४४ दशमलव ९३ स्केल)मा छ । खरीद विक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन १७ दशमलव ८८ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य ७ दिने रेखाभन्दा माथि छ भने २१ दिने रेखा र ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ६ सय ४३ मा टेवा र मूल्य महँगिएमा रू. ७ सय ३९ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- कम्पनीको २०७२/७३ आवको दोस्रो त्रैमासमा खुद नाफा रू. ८४ लाख रहेको छ । विद्युत् विक्रीबाट रू. ५ करोड ८० लाख आय हुनाले खुद नाफामा सुधार भएको हो ।

- गत आवमा रू. ९७ लाख ४५ हजार घाटामा रहेको जगेडा कोषमा केही सुधार भएर रू. ५२ लाख ४० हजार घाटामा रहेको छ ।

- खुद चालू सम्पत्ति ३७ दशमलव ५१ प्रतिशत घटेर २३ करोड ५४ लाख पुगेको छ ।

- अन्य आय शून्य दशमलव ५० प्रतिशत घटेर रू. १८ लाख ६ हजारमा सीमित भएको छ ।

- खुद सञ्चालन खर्च ७ गुणा बढेर रू. १ करोड ८५ लाख पुगेको छ । प्रशासन खर्च करीब ५ गुणा बढेर रू. १ करोड ५३ लाख पुगेको छ ।

- प्रोजेक्ट खर्च रू. १८ लाख ७ हजार रहेको छ ।

- कम्पनीको दोस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो २५ गुणा र प्रतिशेयर आम्दानी रू. ८ छ ।