भार्गव विकास बैङ्क : कम्पनी विश्लेषण (आइतवार, १२ वैशाख २०७३)

24 Apr,2016
  • bhag123_4_24_2016_3_28_02.png

२०७२/७३ आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा रू. १ करोड ६८ लाख रहेको छ । बैङ्कको मङ्सिर १० गते बसेको सञ्चालक समितिले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव राष्ट्र बैङ्क र कम्पनीको साधारणसभाबाट स्वीकृत भएमा शेयरधनीलाई वितरण गरिनेछ ।

प्राविधिक विश्लेषण
   - आरएसआई : न्यूट्रल जोन (५० स्केल)मा छ । खरीद चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन : २ दशमलव ३७ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।


   - मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखाभन्दा तल, ७ दिने औसत     मूल्यरेखाभन्दा माथि छ र ट्रेण्ड लाइनसँगै जोडिएको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ३ सय ४० मा टेवा र मूल्य महँगिएमा रू. ३ सय ४२ मा प्रतिरोध पाउने सम्भावना छ ।

आधारभूत विश्लेषण
कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१÷७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा
   - बैङ्कको तेस्रो त्रैमासमा नाफा १४ प्रतिशत घटेर रू. १ करोड ६८ लाखमा सीमित भएको छ । बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा ७४ प्रतिशतले रकम बढ्नाले खुद नाफा घट्न पुगेको हो ।
   - ब्याज आम्दानी ४९ दशमलव ७६ प्रतिशत र ब्याज खर्च ६४ दशमलव ९९ प्रतिशत बढेको छ ।
   - जगेडा कोष ६ प्रतिशत बढेको छ भने लगानी ३१ प्रतिशत घटेको छ ।
   - कर्मचारी खर्च २५ दशमलव २६ प्रतिशत, अन्य सञ्चालन खर्च २५ दशमलव १५ प्रतिशत र कुल सञ्चालन आम्दानी ४९ दशमलव ३६ प्रतिशत बढेको छ ।
   - बैङ्कको स्थिर सम्पत्ति ६५ दशमलव १९ प्रतिशत बढेको छ भने अन्य सम्पत्ति ३५ दशमलव ४४ प्रतिशत घटेको छ ।
   -  बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ७४ दशमलव १५ प्रतिशत बढाएर रू. ३९ लाख ४८ हजार पुगेको छ ।
   - पूँजीकोष लागत ६ दशमलव ३७ प्रतिशत र प्ूाँजीकोष पर्याप्तता १२ प्रतिशत रहेको छ ।
   - बैङ्कको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार तरलता अनुपात ३० गुणा, पीई रेशियो २४ गुणा र प्रतिशेयर आम्दानी रू. १४ छ । हालको शेयर मूल्य नेटवर्थको साढे २ गुणा रहेको छ ।