भार्गव विकास बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, २ असार, २०७३)

16 Jun,2016
  • bhargab_6_16_2016_3_06_52.png

२०७२/७३ आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा रू. १ करोड ६८ लाख रहेको छ । बैङ्कका आगामी असार २५ गते हुने साधारणसभामा २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश र १ः१ हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव लैजाँदै छ । सो प्रस्ताव साधारणसभाबाट स्वीकृत भएमा शेयरधनीलाई वितरण गरिनेछ । सभा प्रयोजनका लागि बैङ्कको दर्ता पुस्तिका असार १५ गते देखि २५ गतेसम्म बन्द रहनेछ ।

प्राविधिक विश्लेषण
   - आरएसआई : ओभरबट जोन (७५ दशमलव ६५ स्केल)मा छ । खरीद चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन : ३३ दशमलव ६७ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

   - मुभिङ एभरेज : २१  दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखाभन्दा तल, सातदिने औसत मूल्यरेखाभन्दा माथि छ र ट्रेण्ड लाइनसँगै जोडिएको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ४ सय ४२  मा प्रतिरोध पाउने सम्भावना छ ।

आधारभूत विश्लेषण


कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
    - बैङ्कको तेस्रो त्रैमासमा नाफा १४ प्रतिशत घटेर रू. १ करोड ६८ लाखमा सीमित भएको छ । बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा ७४ प्रतिशत रकम बढाउनाले खुद नाफा घट्न पुगेको हो ।
    - ब्याज आम्दानी ४९ दशमलव ७६ प्रतिशत र ब्याज खर्च ६४ दशमलव ९९ प्रतिशत बढेको छ ।
    - जगेडा कोष ६ प्रतिशत बढेको छ भने लगानी ३१ प्रतिशत घटेको छ ।
    - कर्मचारी खर्च २५ दशमलव २६ प्रतिशत, अन्य सञ्चालन खर्च २५ दशमलव १५ प्रतिशत र कुल सञ्चालन आम्दानी ४९ दशमलव ३६ प्रतिशत बढेको छ ।
    - बैङ्कको स्थिर सम्पत्ति ६५ दशमलव १९ प्रतिशत बढेको छ भने अन्य सम्पत्ति ३५ दशमलव ४४ प्रतिशत घटेको छ ।
    - बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ७४ दशमलव १५ प्रतिशत बढाएर रू. ३९ लाख ४८  हजार पु¥याएको छ ।
    - पूँजीकोष लागत ६ दशमलव ३७ प्रतिशत र पूँजीकोष पर्याप्तता १२ प्रतिशत रहेको छ ।
   - बैङ्कको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार तरलता अनुपात ३० गुणा, पीई रेशियो २४ गुणा र प्रतिशेयर आम्दानी रू. १४ छ । हालको शेयरमूल्य नेटवर्थको ४ गुणा रहेको छ ।