भार्गव एक सय प्रतिशत हकप्रद ल्याउन धितोपत्र बोर्ड पुग्यो, चुक्ता पुँजी अब २४ करोड

11 Nov,2016
  • bhargav-bikas-bank_11_11_2016_12_57_01.jpg
नेपाली पैसा 
 
काठमाडौं : भार्गव विकास बैंकले एक सय प्रतिशत हकप्रद सेयर सेयर निष्कासन गर्ने भएको छ । 
 
चुक्ता पुँजी बढाउन भार्गवले एक सय प्रतिशत हकप्रद ल्याउन लागेको हो । यसका लागि बैंकले पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 
 
बैंकले १२ करोड रूपैयाँको १२ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 
१२ करोडको हकप्रद सेयर बिक्री भएपछि बैंकको चुक्ता पुँजी २४ करोड रूपैयाँ पुग्नेछ । 
 
भार्गव विकास बैंकको हकप्रदमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गर्दैछ । धितोपत्र बोर्डबाट अनुमति पाउने बित्तिकै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्ने बैंकले जानकारी दिएको छ । 
 
चालु आर्थिक वर्षको प्रथम त्रैमासिक रिपोर्ट अनुसार भार्गवको जगेडा कोषमा चार करोड ९२ लाख ९१ हजार रूपैयाँ छ ।