छिमेक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, ८ असार २०७३)

22 Jun,2016
  • eechhimek_(1)_6_22_2016_1_52_30.jpg


२०७२/७३ आवको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ७१ दशमलव २६ प्रतिशत बढेको छ । कम्पनीले गत फागुनमा भएको साधारणसभाले पारित गरेको ४० प्रतिशत बोनस शेयर र १२ दशमलव ७० प्रतिशत नगद लाभांश पारित गरिसकेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्यूट्रल जोन (५७ दशमलव ८४ स्केल)मा छ । खरीद विक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : ४६ दशमलव ७८ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्यरेखाभन्दा तल छ भने ट्रेण्ड लाइन र ७ दिने औसत मूल्यरेखाभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. २ हजार १ सय ७० मा टेवा र मूल्य महँगिएमा रू. २ हजार २ सय ३५ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।