छिमेक लघुवित्तको शेयर धनी दर्ता पुस्तिका बन्द

07 Dec,2015
  • c_12_7_2015_5_07_02.jpg
मङ्सिर २१,  काठमाडौं । छिमेक लघुवित्त विकास बैङ्ककोे मङ्सिर १६ गते बसेको सञ्चालक समितिको बैठकले ४० प्रतिशत बोनस शेयर र १२ दशमलव ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 
सो प्रस्ताव राष्ट्र बैङ्कबाट स्वीकृत भएमा र साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ । साथै, बैङ्कको साधारण सभा प्रयोजनको लागि मङ्सिर २५ गते देखि पुष १६ गते सम्म शेयर धनी दर्ता पुस्तिका बन्द रहने छ ।