सिभिल बैंकको विशेष साधारण सभा भदौ १० मा हुँदै

03 Aug,2016
  • civil_bank_resize_8_3_2016_12_45_34.jpg
नेपाली पैसा 
काठमाडौं : सिभिल बैंकको विशेष साधारण सभा भदौ १० मा हुने भएको छ । 
 
इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीसँगको मर्ज प्रक्रियालाई अन्तिम रूप दिन विशेष साधारण गर्न लागिएको हो । 
 
दुवै संस्थाको सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन अनुसार सिभिल बैंकको प्रिमियम मूल्यसहितको प्रतिसेयर १११.०८ रूपैयाँ बराबर इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी (आइएलएफसी) को ८३ रूपैयाँ कायम हुने भएको छ । 
 
मर्जपछि सिभिल बैंकका सेयरधनीले एक कित्ता बराबर ११.८ रूपैयाँ प्रिमियय प्रदान गरिने भएको छ । आइएलएफसीका लगानीकर्ताले भने गाभिएपछि सिभिल बैंकको ०.८३ कित्ता सेयर दिइने भएको छ ।