सिभिल बैंकको अवस्था, ३३ करोड नाफा, २८ करोड राइट ब्याक

16 Aug,2016
  • civil_bank_8_16_2016_12_19_04.jpg
नेपाली पैसा
काठमाडौं : सिभिल बैंकले ३३ करोड १४ लाख ६३ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले अघिल्लो वर्षमा भन्दा १० करोड १४ लाख ४३ हजार रूपैयाँ नाफा बढाएको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा जम्मा २३ करोड २० हजार रूपैयाँमात्र थियो ।

३३ करोड नाफा कमाउँदा सिभिलले २८ करोड २२ लाख ६५ हजार रूपैयाँ राइट ब्याक गरेको देखाएको छ । यसआधारमा नाफामा राइट ब्याकको नै प्रमुख भूमिका देखिन्छ ।

त्यसो त सम्भावित जोखिमका लागि बैंकले यही बेला ४७ करोड ४२ लाख ९१ हजार रूपैयाँ छुट्याएको छ ।

चुक्ता पुँजी तीन अर्ब आठ करोड २७ लाख ७९ हजार रूपैयाँ पुगेको सिभिलले रिजर्भ कोषमा ५३ करोड ३६ लाख २२ हजार रूपैयाँ पुगेको छ ।

सिभिलले ३१ अर्ब ५६ करोड ४० लाख २४ हजार रूपैयाँ निक्षेप संकलन गरी २५ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको वित्तीय विवरणमा देखाएको छ ।

सिभिलले ९९ करोड ४८ लाख ७९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष ब्याज आम्दानी ८५ करोड सात लाख ४९ हजार रूपैयाँ थियो ।

खराब कर्जा २.७० प्रतिशत छ । यो तुलनात्मकरूपमा बढी हो । कस्ट अफ फन्ड पनि ५.३७ प्रतिशत रहेको सिभिलको प्रतिसेयर नेटवर्थ ११७.३१ रूपैयाँ छ ।