सिभिलको समायोजन मूल्य

06 Jan,2016
  • civil_(2)_1_6_2016_1_22_55.jpg
पुस २२, काठमाडौं । सिभिल बैङ्कको ६ दशलमव ७५ प्रतिशत बोनस शेयर समायोजन पछि नेप्सेले मूल्य रू.२ सय ३६ तोकेको छ । कम्पनीको औसत आधार मूल्य रू.२ सय ९ लाई लिएर समायोजित मूल्य निर्धारण गरेको हो ।  अघिल्लो दिन सम्म रू.२ सय ५२ मा कारोबार भइरहेको बैङ्कको बुधबार रू.२ सय ३६ बाट पहिलो कारोबार गर्न पाइने छ । अघिल्ले दिनको मूल्यको तुलनामा समायोजित मूल्य ६ दशमलव ३५ प्रतिशतले कम हो । यो समाचार तयार पार्दासम्म  बैङ्कको शेयर मुल्य बढ्ने क्रममा रहेको छ । बैङ्कको शेयरले यो अवधिमा रू.२ सय ४४ सम्ममा कारोबार भएको छ ।