सिभिलको खुद मुनाफा रू.१५ करोड ७४ लाख

31 Jan,2016
माघ १७, काठमाडौं । सिभिल बैङ्क लिमिटेडको पुस मसान्तसम्ममा खुद मुनाफा रू. १५ करोड ७४ लाख रहेको छ । यो गत आवको दोस्रो त्रैमाशको तुलनामा ११ प्रतिशत कमी हो । सञ्चालन मुनाफा ६२ प्रतिशत र खुद व्याज आम्दानी १३ प्रतिशत घटेकोले मुनाफा घट्न पुगेको हो । बैङ्कले चालु आवमा ३ य ९८ प्रतिशत जोखिम वापतको व्यवस्था छुट्टाएको छ । बैङ्कको निष्कृय कर्जा २ दशमलव १४ प्रतिशत रहेको छ ।