सिटिजन्सले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट, सेयर नपरेकालाई असोज १४ देखि पैसा फिर्ता

21 Sep,2016
  • citizen-bank_resize_9_21_2016_12_40_52.jpg
नेपाली पैसा
काठमाडौं : सिटिजन्स बैंकले बोलकबोलमार्फत लिलामीमा बिक्री गरेको संस्थापक र साधारण सेयरको बाँडफाँट गरिएको छ ।

बैंकले भदौ २४ देखि ३१ गतेसम्म संस्थापक समूहको ७७ हजार ६ सय ७६ कित्ता र ६ लाख २८ हजार ४१ कित्ता साधार सेयर मूल्य बढाबढका आधारमा बिक्री गरेको थियो ।

संस्थापक र साधारण गरी कुल सात लाख पाँच हजार सात सय १७ कित्ता सेयर लिलामीमा बिक्री गरिएको हो ।

यो सेयर मंगलबार बाँडफाँट गरिएको हो । सेयर नपरेका लगानीकर्तालाई असोज १४ गतेदेखि पैसा फिर्ता दिन सुरु गरिने भएको छ ।

बोलपत्रमा सहभागी हुँदा बैंक खाता उपलब्ध गराएकाहरूको पैसा सीधै खातामा पठाइने भएको छ ।

बैंक खाता नदिएकाहरूले भने बुधबारदेखि लागू हुने गरी तीन दिनभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा उपलब्ध गराउन आग्रह गरिएको छ ।

बैंक खाता गल्ती भएमा त्यसबापत हुने नोक्सानीको बैंक तथा बिक्री प्रबन्धक जिम्मेवार नहुने भन्दै सचेतसमेत गराइएको छ ।

बैंक खाता उपलब्ध गराउँदा गलत पर्न गएमा वा कुनै नोक्सानी भएमा त्यसबापत लाग्ने क्षतिपूर्ति स्वयं बालपत्रकर्ताले नै व्यहोर्नुपर्ने बैंकले जानकारी गराएको छ ।