देवः विकासको देखियो आकर्षक प्रतिसेयर आम्दानी, खुद नाफामा पनि भयो बढोत्तरी

13 Nov,2016
  • dev-bikash-bank_11_13_2016_1_23_15.jpg
नेपाली पैसा 
 
काठमाडौं : देवः बिकास बैंकको प्रतिसेयर आम्दानी आकर्षक देखिएको छ । 
 
बैंकले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक रिपोर्ट अनुसार प्रतिसेयर आम्दानी २३ रूपैयाँ एक पैसा पुगेको छ । यसबाट देवःले क्रमशः आफूलाई सुधार गर्दै लगेको पुष्टि हुन्छ । 
 
बैंकको अन्य वित्तीय सूचकहरू सबल बन्दै गएका छन् । बैंकले पहिलो त्रैमासमा पाँच करोड ६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै त्रैमासको भन्दा एक करोड १५ लाख ४२ हजार रुपैयाँले धेरै हो ।
 
गत वर्ष बैंकले तीन करोड ९१ लाख ५३ हजार रुपैयाँ मात्र खुद नाफा कमाउन सफल भएको थियो । 
 
८८ करोड १० लाख ८८ हजार रूपैयाँ चुक्ता पुँजी रहेको देवःको जगेडा कोषमा भने ३० करोड ८८ लाख १६ हजार रुपैयाँ छ । बैंकलाई चुक्ता पुँजीसँगै क्रमशः जगेडा कोषको रकम पनि विस्तार  गर्दै जाने चुनौती छ । 
 
चुक्ता पुँजी बढाउन देवः ५० प्रतिशत हकप्रदको बाटोमा छ । बैंकले खुद ब्याज आम्दानी पनि गत वर्षको भन्दा चार करोड ५७ लाख ८४ हजार रुपैयाँ बढी कमाएर ११ करोड ७१ लाख ६० हजार रुपैयाँ पु¥याउन सफल भएको छ । 
 
गत वर्ष बैंकको खुद ब्याज आम्दानी जम्मा सात करोड १३ लाख ७६ हजार रुपैयाँ मात्र थियो । देवःले सात अर्ब ९६ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरी ६ अर्ब ७४ करोडभन्दा धेरै कर्जा प्रवाह गरिसकेको छ । 
 
खराब कर्जा ३.४४ प्रतिशत रहेको बैंकको प्रतिसेयर नेटवर्थ एक सय ३५ रुपैयाँ ०५ पैसा छ ।