देवः विकासले पायो ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति, चुक्ता पुँजी अब एक अर्ब ३२ करोड

29 Nov,2016
  • deva_bank_11_29_2016_12_48_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : धितोपत्र बोर्डले देवः विकास बैंकलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ । 
 
बोर्डबाट अनुमति पाइसकेकाले बैंकले अब हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउनेछ । बैंकले ४४ करोड पाँच लाख ४४ हजार ३९ रूपैयाँको ४४ लाख पाँच हजार चार सय ४० कित्ता हकप्रद सेयर बिक्री खुला गर्दैछ । 
 
देवः विकास बैंकको हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गर्दैछ । 
 
हाल देवः विकास बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख ८८ हजार रूपैयाँ छ । यही चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद ल्याउन लागिएको हो । हकप्रद पुँजी चुक्ता पुँजी एक अर्ब ३२ करोड रूपैयाँभन्दा बढी हुनेछ । 
 
बैंकको रिजर्भमा ३० करोड ८८ लाख १६ हजार रूपैयाँ जम्मा भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ६ लाख ९५ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।