देवः विकास बैंकले पनि दिने भयो १४ प्रतिशत बोनस सेयर

11 Dec,2016
  • dev-bikash-bank-696x522_12_11_2016_1_53_42.jpg
नेपाली पैसा 
 
काठमाडौं : देवः विकास बैंकले १४ प्रतिशत बोनस सेयर दिने भएको छ । 
 
बैंकको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि यो निर्णय लागू हुन सक्नेछ । 
 
देवः विकास बैंकले चुक्ता पुँजी बढाउन ५० प्रतिशत हकप्रद बिक्री गर्दैछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख ८८ हजार रूपैयाँ छ । 
 
यो बैंकको रिजर्भमा ३० करोड ८८ लाख १६ हजार रूपैयाँ छ । प्रतिसेयर आम्दानी २३ रूपैयाँ एक पैसा हुँदा बैंकको प्रतिसेयर नेटवर्थ १३५ रूपैयाँ पाँच पैसा देखिन्छ ।