देवः विकास बैंकको १४ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयरको यसरी भयो मूल्य समायोजन

02 Jan,2017
  • deva_bank_1_2_2017_11_10_53.jpg
नेपाली पैसा 
 
काठमाडौं : देवः विकास बैंकको १४ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रदको मूल्य समायोजन भएको छ । नेप्सेले समायोजन भाउ २२३ रुपैयाँ तोकेको छ । बैंकको औसत आधार मूल्य (एभरेज बेस प्राइस) भने २०० रूपैयाँ छ । साधारण सभा गर्न देवःले पुस सोमबारदेखि २९ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गरेको हो । बैंकले १२ करोड ३३ लाख ५२ हजार तीन सय ३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दैछ । देवःले १४ प्रतिशत बोनस सेयरलगायतका अन्य महत्वपूर्ण प्रस्ताव  पारित गराउन पुस २९ मा साधारण सभा बोलाएको छ । 
 
चुक्ता पुँजी ८८ करोड १० लाख ८८ हजार रुपैयाँ रहेको देवःले  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ०१ पैसा (वार्षिकीकरण) रहेको देवःकोे प्रतिसेयर नेटवर्थ भने एक सय ३६ रुपैयाँ ०५ पैसा छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन देवःले ५० प्रतिशत हकप्रद सेयर पनि जारी गर्दैछ ।