देवः विकास बैंकको माघ ९ देखि ५० प्रतिशत हकप्रद सेयर आउँदै, यस्ता छन् सेयर भर्ने ठाउँ

05 Jan,2017
  • dev-bikash-bank-696x522_1_5_2017_10_53_26.jpg
नेपाली पैसा
 
काठमाडौं : देवः विकास बैंकले माघ ९ देखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ । देवःको यो हकप्रद सेयर फागुन १५ गतेसम्म भर्न पाइनेछ । देवःले प्रत्येक दुई सेयर बराबर एक सेयर (२ : १) अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ दरको ४४ लाख पाँच हजार चार सय ४०.३९ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । हकप्रद सेयर निष्कासन पछि देवःको चुक्ता पुँजी एक अर्ब ३२ करोड १६ लाख ३२ हजार एक सय १७ रुपैयाँ पुग्नेछ । 
 
नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पु¥याउने क्रममा देवःले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको बाटो रोजेको हो । कम्पनीको यस हकप्रद सेयरमा पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद सेयर आवदेनका लागि एनआइबीएल क्यापिटल मार्केट्स तथा देव विकास बैंकको केन्द्रीय कार्यालय लालदरबारसहित दवःको अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 
 
यस्तै, आवेदककर्ताले नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, बिराटनगर र वीगन्ज शाखा कार्यलय तथा गुडविल फाइनान्स लिमिटेडको नेपालगन्ज र इटहरी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । देवःको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । चुक्ता पुँजी ८८ करोड १० लाख ८८ हजार रुपैयाँ रहेको देवःले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ६ लाख ९५ हजार खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ०१ पैसा (बार्षिकीकरण) रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ भने एक सय ३५ रुपैयाँ ०५ पैसा छ ।