डिप्रोक्स लघुवित्त विकास बैङ्क : कम्पनी विश्लेषण (मङ्गलवार, २८ वैशाख २०७३)

10 May,2016
  • ddd_5_10_2016_1_11_55.png

 

 
 

२०७२/७३ आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा ४५ प्रतिशत बढेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

प्राविधिक विश्लेषण
   -आरएसआई : न्युट्रल जोन (५६ दशमलव ६३ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : २६ दशमलव ४६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।


   -मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखा र सातदिने रेखाभन्दा माथि छ भने ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. २ हजार ७ सयमा टेवा र मूल्य महँगिएमा रू. २ हजार ९ सयमा प्रतिरोध पाउने देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :

   - बैङ्कको तेस्रो त्रैमासमा नाफा ४५  प्रतिशत बढेर रू. १५ करोड २४ लाख  पुगेको छ । खुद ब्याज आम्दानी ३९ दशमलव ४५ प्रतिशत र सञ्चालन नाफा २२ दशमलव ३२ प्रतिशत बढ्नाले र गत आवमा रहेको रू.४ करोड २० लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल हुनाले खुद नाफा बढेको हो ।
   - ब्याज आम्दानी ३६ दशमलव ३५ प्रतिशत बढेर रू. ४५ करोड ४९ लाख र ब्याज खर्च २७ दशमलव ८८ प्रतिशत बढेर रू. ११ करोड ४३ लाख पुगेको छ ।
   - चुक्ता पूँजीको तुलनामा खुद नाफा ६१ प्रतिशतबाट झरेर ५९ दशमलव १२ प्रतिशतमा सीमित छ ।
   - सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ६ गुणा बढाएर रू. ५ करोड ८० लाख पु¥याएको छ ।
   - कर्मचारी खर्च ३३ प्रतिशत, कुल सञ्चालन आम्दानी ४० दशमलव ९८ प्रतिशत र अन्य सञ्चालन खर्च १२ दशमलव १० प्रतिशत बढेको छ ।
   - रू. १ अर्व ५ करोड कुल निक्षेप सङ्कलन गरी रू. ३ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ ।
   - निष्क्रिय कर्जा शून्य दशमलव ७३ प्रतिशत र पूँजीकोष पर्याप्तता १५ दशमलव २६ प्रतिशत रहेको छ ।
   - स्थिर सम्पत्ति शून्य दशमलव ७१ प्रतिशत घटेको छ भने अन्य सम्पत्ति १७ दशमलव ६६ प्रतिशत  बढेको छ ।
   - बैङ्कको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार तरलता अनुपात करीब १५ गुणा, पीई रेशियो ४४ गुणा र प्रतिशेयर आम्दानी रू. ५९ छ । हालको शेयरमूल्य नेटवर्थको १३ गुणा रहेको छ ।