डिप्रोक्स बैङ्क १६औं वर्षमा

12 Jan,2016

डिप्रोक्स लघुवित्त विकास बैङ्क१५औं वर्ष पूरा गरी १६औं वर्षमा प्रवेश गरेको छ । स्थापनाकालमा १० जिल्ला कार्यक्षेत्र रहेको बैङ्कले हाल ३६ जिल्लाका ६८ शाखा कार्यालयमार्फत लघुवित्त सेवा  प्रदान गरिरहेको छ । हालै सम्पन्न साधारणसभाले ६० प्रतिशत बोनस शेयर पारित गरेको यस बैङ्कको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।