वार्षिकोत्सवका अवसरमा एभरेष्टको निःशुल्क स्वास्थ्य शिविर

18 Oct,2016
  • everest_bank_resize_10_18_2016_11_18_43.jpg
वार्षिकोत्सवको अवसर पारेर एभरेष्ट बैङ्कले सोमवार आफ्नो मुख्य कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । २२औं  वार्षिकोत्सवको अवसर सञ्चालित उक्त शिविरमा करीब २ सय ५० ले स्वास्थ्य सेवा पाएका थिए । शिविरमा ईएनटी, दन्त चिकित्सा, ओप्थाल्मोलोजी र अर्थोपेडिकलगायत सेवा उपलव्ध थिए । शिविरको उद्देश्य विभिन्न स्वास्थ्य समस्याको प्रारम्भिक निदान कसरी गर्ने भन्ने रहेको बैङ्कले बताएको छ । बैङ्कले कर्पोरेट सामाजिक जिम्मेवारीअन्तर्गत सो शिविर आयोजना गरेको बैङ्कले बताएको छ । बैङ्कले हाल ६१ शाखा, ५ एक्सटेन्शन काउण्टर, २४ राजस्व सङ्कलन काउण्टर तथा ८६ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
वार्षिकोत्सवका अवसरमा एभरेष्टको निःशुल्क स्वास्थ्य शिविर