एभरेस्ट बैंकको बुक क्लोजपछिको भाउ १८७६ रूपैयाँ, हिमालयनको चाहिँ कति ?

21 Dec,2016
  • everest_12_21_2016_11_06_08.jpg
नेपाली पैसा 
 
काठमाडौं : एभरेस्ट बैंकको बुक क्लोजपछिको पहिलो कारोबार १८ सय ७६ रूपैयाँमा खुल्ने भएको छ । 
 
 नेपाल स्टक एक्सचेन्जले एभरेस्टको ७० प्रतिशत बोनस सेयरपछि बुधबार समाजित मूल्य (एड्जस्टेड प्राइस) निर्धारण गरेको हो । एभरेस्टको एभरेज बेस प्राइस भने १८३२ रूपैयाँ तोकिएको छ । 
 
एभरेस्टको साधारण सभा गर्नका लागि बुधबारदेखि बुक क्लोज गरिएको हो । यसैगरी, हिमालयन बैंकको पनि बुक क्लोजपछिको मूल्य समायोजन गरिएको छ ।

नेप्सेले हिमालयनको ७ : १ अनुपातको हकप्रद सेयरलाई समेत गणना गरेर मूल्य समायोजन गरेको छ । हिमालयनको पनि बुधबारदेखि नै बुक क्लोज गरिएको हो । 
 
यस अनुसार हिमालयनको समोजित मूल्य नौ सय ५० रूपैयाँ तोकिएको छ । हिमालयनको हकप्रद सेयर समेत हिसाब गर्दा बोनस २६.२५ प्रतिशतमात्र हुन आउँछ । बैंकले हकप्रद हिसाब नगर्दा भने ३० प्रतिशत बोनस सेयर दिएको हो । 


 
नेप्सेले हकप्रद बिक्री गरिसकेका संस्थाको सो हकप्रदलाई समेत हिसाब गरेर मूल्य समायोजन गर्ने भएकाले बोनस दर फरक देखिने गरेको छ ।

हकप्रदलाई समेत जोडेर मूल्य समायोजन गरिएको भए पनि हकप्रद सेयर भर्नेले भने बोनस पाउने छैनन् । किन भने हकप्रद बाँडफाँट भएको छैन । 
 
बाँडफाँट नहुँदै साधारण सभाका लागि बुक क्लोज गरिएको हो । यसआधारमा हिमालयनका लगानीकर्ताले ३० प्रतिशत नै बोनस सेयर पाउनेछन् ।