एभरेष्ट इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, २ साउन, २०७३)

17 Jul,2016
  • resize_everest_7_17_2016_12_18_10.jpg

कम्पनीको २०७२/७३ आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ८१ प्रतिशत बढेको छ । आम्दानी ५६ दशमलव ७३ प्रतिशत बढेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभरसोल्ड जोन (२४ दशमलव शून्य २ स्केल)मा छ । विक्री चाप बढेकोे छ । स्ट्याण्डर्ड डेभिएशन ७३ दशमवल ८२ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखाले सातदिने मूल्यरेखा तलबाट काटेर माथि गएको छ । यस्तो हुँदा शेयरमूल्य बढ्ने गर्दछ । हालको मूल्य सातदिने रेखा, २१ दिने रेखा र ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ८ सय ४० मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. १ हजार ८ सय ९० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को तेस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
- कम्पनीको तेस्रो त्रैमासमा खुद नाफा ८१ प्रतिशत बढेर रू. १ करोड  १५ लाख पुगेको छ । आम्दानी ५६ दशमलव ७३ प्रतिशत र आय ५ दशमलव ८६ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- जगेडा कोष ३६ दशमलव ५० प्रतिशत बढेर रू. १५ करोड ४१ लाख पुगेको छ ।

- दीर्घकालीन लगानी तथा कर्जा ८७ प्रतिशत घटेर रू. २० करोड २९ लाखमा सीमित भएको छ ।

- व्यवस्था तथा खर्चहरू ३५ प्रतिशत बढेर रू. ९६ लाख ७९ हजार पुगेको छ ।

- व्यय ५ दशमलव ४६ प्रतिशत घटेर रू. २० करोड ९ लाखमा सीमित भएको छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू २ दशमलव २८ प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू १७ दशमलव ५६ प्रतिशत बढेको छ ।

- कुल बीमाशुल्क आर्जन रकम ५६ दशमलव ८७ प्रतिशत बढेर रू. ११ करोड ३२ लाख पुगेको छ भने कुल दाबी भुक्तानी रकम ६६ दशमलव ७५ प्रतिशत बढेर रू. १० करोड ११ लाखमा सीमित भएको छ ।

- कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ८९ दशमलव ४५ प्रतिशत र भुक्तानी हुन दाबी सङ्ख्या १० दशमलव २४ प्रतिशत बढेर १ हजार ५५ पुगेको छ ।

- कम्पनीको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. ११ दशमलव ४४ र पीई रेशियो १ सय २० गुणा छ । हालको शेयरमूल्य नेटवर्थको ६ गुणा छ ।