एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (शुक्रवार, १० भदौ २०७३)

26 Aug,2016
  • everest_insurance_resize_8_26_2016_12_17_03.jpg


कम्पनीको २०७२/७३ आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले रू. २ करोड ८१ लाख नाफा आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन रकम ६४ दशमलव ५९ प्रतिशत बढेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई :  न्यूट्रल जोन (५२ दशमलव ०८ स्केल)मा छ । खरीद विक्री चाप सामान्य रहेको छ । स्ट्याण्डर्ड डेभिएशन ५१ दशमलव ३१ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य ७ दिने रेखाभन्दा माथि छ भने २१ दिने रेखा र ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ७ सय १ मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. १ हजार ९ सय ३५ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को चौथो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- कम्पनीको अन्तिम त्रैमासमा खुद नाफा २९ दशमलव २१ प्रतिशत घटेर रू. २ करोड ८१ लाखमा सीमित भएको छ । आय ५ दशमलव ६९ प्रतिशत र आम्दानी साढे २६ प्रतिशत घट्नाले खुद नाफा घटेको हो ।

- जगेडा कोष १९ दशमलव ७२ प्रतिशत बढेर रू. १७ करोड ३ लाख पुगेको छ । बीमा कोष भने स्थिर रहेको छ ।

- व्यय २ दशमलव ६४ प्रतिशत बढेर रू. २५ करोड २७ लाखमा सीमित भएको छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू १५ दशमलव ३५ प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू ८ दशमलव ९३ प्रतिशत बढेको छ ।

- कुल दाबी भुक्तानी सङ्ख्या १ हजार ४२ छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या ९ सय ४० छ ।

- कम्पनीको चौथो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. २७ दशमलव ७९ र पीई रेशियो ८१ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको करीब ६ गुणा छ ।