किन यसरी घट्यो एभरेस्टको खुद नाफा ? तर, जगेडा कोष र नेटवर्थ भने लोभ लाग्दो छ है

09 Dec,2016
  • Everest-Insurance_12_9_2016_11_15_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : एभरेस्ट इन्सुरेन्सले खुदको खुद नाफामा भारी गिरावट आएको छ । 
 
गत वर्षको पहिलो त्रैमासमा १५ लाख १२ हजार रूपैयाँ खुद नाफा कमाएको एभरेस्टले यसपटक जम्मा १० लाख ५१ हजार रूपैयाँ नाफा कमाएको छ । यस आधारमा नाफा गत वर्षभन्दा चार लाख ६१ हजार रूपैयाँले घटेको हो । 
 
एभरेस्टले प्रतिसेयर आम्दानी एक रूपैयाँ चार पैसामात्र देखाएको छ । यो तथ्यांकले प्रतिसेयर कमाई निकै दयनीय रहेको प्रस्ट हुन्छ । उता, कम्पनीको प्रतिसेयर नेटवर्थ भने लोभ लाग्दो छ । 
 
एभरेस्टको प्रतिसेयर नेटवर्थ ३१८ रूपैयाँ नौ पैसा छ । यसलाई निकै राम्रो मान्नुपर्छ । चुक्ता पुँजी जम्मा १० करोड १२ लाख ५० हजार रूपैयाँमात्र भएको एभरेस्ट इन्सुरेन्सको जगेडा कोषले पनि लगानीकर्ता लोभ्याउन सक्छ । 
 
चुक्ता पुँजी भन्दा जगेडा कोषको आकार ठूलो छ । वित्तीय विवरण अनुसार एभरेस्टको जगेडा कोषमा १२ करोड १३ लाख ९६ हजार रूपैयाँ छ । 
 
बिमा कोषलाई पनि कम्पनीले बढोत्तरी गर्न सफल भएको छ । एभरेस्टको बिमा कोषमा नौ करोड ९२ लाख ६५ हजार रूपैयाँ छ । 
 
कम्पनीले दुई करोड ९६ लाख ८८ हजार रूपैयाँ खुद बिमा शुल्क आर्जन गर्न सफल भएको छ । एभरेस्टको भुक्तानी हुन दाबी रकम २७ करोड ३३ लाख दुई हजार रूपैयाँ छ । भुक्तानी हुन दाबी संख्या भने नौ सय ८१ वटा देखिन्छ ।