एभरेष्ट इन्सुरेन्सको नाफा १२६.२५% बढ्यो, खुद बिमा शुल्कमा पनि सुधार

14 Feb,2020
  • everest-insurance-company_7_12_2018_4_39_32.jpg
नेपाली पैसा 
 
काठमाडौं : आर्थिक वर्ष २०७६–०७७ को दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट इन्सुरेन्सले ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १२६.२५% धेरै हो । गत वर्ष यस कम्पनीले २ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो । यस त्रैमाससम्ममा एभरेष्टले २३ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा २२.३३% धेरै हो । गत वर्ष १८ कराड ८० लाख ८६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 
 
बिमा कोषको आकार पनि गत वर्षको भन्दा २२.१०% ले बढेको छ । गत वर्ष २० करोड ९४ लाख ५१ हजार रुपैयाँ रहेको बिमा कोष अहिले बढाएर २५ करोड ५७ लाख ४१ हजार रुपैयाँ पुर्याउन कम्पनी सफल भएको हो ।
हाल एभरेष्ट इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १६ करोड ९६ लाख रुपैयाँ छ । यसले ९ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम १ अर्ब १४ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ३९ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ८२ पैसा छ ।  

एभरेष्ट इन्सुरेन्सको दोस्रो त्रैमासको वित्तीय विवरण । 

Post Your Comment