फर्स्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्क : कम्पनी विश्लेषण (शुक्रवार, ५ कात्तिक २०७३)

21 Oct,2016
  • first_microfinance_resize_10_21_2016_1_43_36.png


२०७३/७४ आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैङ्कको खुद नाफा करीब ३६ प्रतिशत बढेको छ । बैङ्कको असोज १९ गते भएको साधारणसभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम दिनमा ग्रेभ स्टोन डोजी आकृति बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बुलिश प्रवृत्तिमा रिभर्स हुने सङ्केत गर्दछ ।

आरएसआई : न्यूट्रल जोन (४५ दशमलव ७२  स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन ६५ दशमलव ८५ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१  दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य र ७ दिने रेखाभन्दा तल छ भने ट्रेण्ड लाइनभन्दा माथि छ ।  हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ३ सय ४० मा टेवा पाउने सङ्केत देखिन्छ । मूल्य महँगिएमा रू. १ हजार ५ सय १० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २०७३/७४ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा
- बैङ्कको पहिलो त्रैमासमा नाफा करीब ३६ प्रतिशत बढेर रू. १ करोड ५० लाख पुगेको छ । खुद ब्याज आम्दानी २० दशमलव ३७ प्रतिशत र सञ्चालन नाफा करीब ३६ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा ४ दशमलव ८१ प्रतिशतबाट बढेर ५ दशमलव ६९ प्रतिशत पुगेको छ ।

- जगेडा कोष ६३ प्रतिशत बढेर रू. ५ करोड ६९ लाख पुगेको छ ।

- ब्याज आम्दानी २७ दशमलव ३३ प्रतिशत बढेर रू. ५ करोड ३६ लाख र ब्याज खर्च ३४ दशमलव ९७ प्रतिशत बढेर रू. २ करोड ७० लाख पुगेको छ ।

- कर्मचारी खर्च ३० दशमलव ५५ प्रतिशत र कुल सञ्चालन नाफा ३३ दशमलव ३७ प्रतिशत बढेको छ भने अन्य सञ्चालन खर्च २८ दशमलव ७८ प्रतिशत घटेको छ ।

- स्थिर सम्पत्ति २७ दशमलव ४१ प्रतिशत बढेर रू. ७२ लाख १८ हजार र अन्य सम्पत्ति ३ दशमलव ८४ प्रतिशत बढेर रू. २८ लाख ३९ हजार लाख पुगेको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम साढे २ गुणाले बढाएर रू. ३५ लाख १९ हजार पुर्‍याएको छ ।

- बैङ्कको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात करीब १७ गुणा, प्रतिशेयर आम्दानी २२ दशमलव ७४ र मूल्य आम्दानी अनुपात करीब ६७ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको साढे ११ गुणा छ ।