गरिमाले पनि गर्यो प्रगति, २२ करोड ३७ लाखभन्दा बढी नाफा

27 Jul,2016
  • garima_7_27_2016_12_04_22.jpg
नेपाली पैसा 
काठमाडौं : पछिल्ला तथ्यांकहरूले बैंक तथा वित्तीय संस्थाको वासलतमा क्रमशः सुधार हुँदै गएको देखाएको छ ।

वाणिज्य बैंकमात्र होइन, विकास बैंक र फाइनान्स कम्पनीको अवस्था पनि मजबुत हुन थालेको छ । बुधबार वित्तीय विवरण सार्वजनिक गरेको गरिमा विकास बैंकले पनि नाफा कमाउने दौडमा आफूलाई अब्बल साबित गर्न सफल भएको छ । 
 
पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले आर्थिक वर्ष २०७२–७३ मा २२ करोड ३७ लाख ३० हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
अघिल्लो आर्थिक वर्षमा भन्दा बैंकले नाफा ६ करोड पाँच लाख ६६ हजार रूपैयाँ बढाएको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा जम्मा १६ करोड ३१ लाख ६४ हजार रूपैयाँ थियो ।  
 
व्यापार बढाउन बैंकले निक्षेप संकलन र कर्जा लगानीलाई पनि प्राथमिकतामा पारेको छ ।
 समीक्षा अवधिमा गरिमाले नौ अर्ब २२ करोड ८५ लाख ३० हजार रूपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ७३ लाख ९९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
 
बैंकले सम्भावित जोखिमका लागि तीन करोड १५ लाखभन्दा बढी रकम छुट्याएको छ । गरिमाको प्रतिसेयर आम्दानी २६ रूपैयाँ २२ पैसा, मूल्य आम्दानी अनुपात १३ रूपैयाँ ५८ पैसा अनि प्रतिसेयर नेटवर्थ एक सय ४० रूपैयाँ ९९ पैसा पुगेको छ । 

गरिमा विकास बैंकको चौथौ त्रैमासिक प्रतिवेदन