ग्लोबल आईएमईले प्यासिफकलाई एक्विजिशन गर्ने

16 Jun,2016
  • acquisition123_6_16_2016_3_19_18.jpg

असार १, काठमाडौं (अस) । ग्लोबल आईएमई बैङ्क लिमिटेडले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेण्ट बैङ्कलाई एक्विजिशन गर्ने भएको छ । बुधवार आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्यासिफिकका अध्यक्ष भेषबहादुर पौडेलले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । दुवै बैङ्कबीच एक्विजिशनसम्बन्धी सम्पूर्ण काम ३ महीनाभित्र सम्पन्न गर्नेसमेत सहमति भएको छ ।

विगत ७ वर्षदेखि कारोबार गर्दै आइरहेको प्यासिफिक डेभलपमेण्ट बैङ्कको चुक्ता पूँजी ११ करोड रुपैयाँ रहेको छ । प्यासिफिकलाई एक्विजिशन गरेपछि ग्लोबल आइएमईको चुक्ता पूँजी ६ अर्ब २७ करोड, निक्षेप ७१ अर्ब तथा कर्जा लगानी ६१ अर्ब पुग्नेछ ।  एक्विजिशनपछि बैङ्कका शाखा ९४ पुग्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

ग्लोबल आईएमईले यसअघि कर्मज एण्ड ट्रष्ट बैङ्क, आईएमई फाइनान्सियल इन्ष्टिच्युशन, गुल्मी विकास बैङ्क, सोसियल डेभलपमेण्ट बैङ्क र लर्ड बुद्ध फाइनान्सलाई मर्जर गरिसकेको छ ।