ग्लोबल आइएमईले किन्यो रिलायवल डेभलपमेन्ट बैंक, शुक्रबार भयो सम्झौता

30 Sep,2016
  • gbl_9_30_2016_4_24_30.jpg
नेपाली पैसा

काठमाडौं : ग्लोबल आइएमई बैंकले रिलायवल डेभलपमेन्ट बैंक एक्वायर गर्ने भएको छ ।

ग्लोबलले रिलायवल एक्वायर गर्ने सम्झौतमा शुक्रबार सहमति भएको हो । ग्लोबललाई राष्ट्र बैंकले तोकेको आठ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन खासै समस्या नभए पनि एकाएक रिलायवललाई किन्ने निर्णय बाहिर आएको हो ।

उता, रियावलले भने हकप्रद जारी गरेर चुक्ता पुँजी पुर्याउने तयारी सार्वजनिक गरिसकेको थियो ।

रिलायवल एक्वायर गरेपछि ग्लोबलले माइक्रोफाइनान्स पनि पाउने भएको छ । रिलायवल डेभलपमेन्ट बैंकको रिलायवल माइक्रोफाइनान्स पनि लगानी छ ।

एक्वायरसम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र रिलायबल डेभलपमेन्ट बैंकका राधेश्याम अग्रवालले हस्ताक्षर गरेका छन् ।

स्वाप रेसियोका बारेमा जानकारी दिइएको छैन । रिलायवलको असार मसान्तसम्मको रिपोर्ट अनुसार चुक्ता पुँंजी ७८ अर्ब ८५ करोड ८२ लाख रूपैयाँ रहेको छ ।

यो बैंकको रिजर्भ कोषमा ३९ करोड ६६ लाख २३ हजार रूपैयाँ छ । उता, ग्लोबल आइएमई बैंकको असार मसान्तसम्मको चुक्ता पुँजी ६ अर्ब १६ करोड ४२ लाख ६८ हजार रूपैयाँ रहेको छ ।