ग्लोबल आइएमई समुन्नत योजनाको प्रतिइकाई खुद मूल्य यसरी आयो फेस भ्यालू भन्दा तल

30 Dec,2016
  • global_ime_12_30_2016_4_40_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : ग्लोबल आईएमई समुन्नत योजना—१ को प्रतिइकाई खुद मूल्य घटेर नौ रुपैयाँ ३४ पैसामा सीमित भएको छ । प्रतिइकाई १० रुपैया तिरेर इकाई भरेका लगानीकर्तालाई यसले बेखुशी बनाएको छ । कात्तिकमा यस योजनाको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ १३ पैसा थियो । सेयर बजार घटेपछि ग्लोबल आइमएई समुन्नत योजना पनि प्रभावित भएको हो । यो इकाईको खुद सम्पत्तिमा ह्रास आएको छ । अघिल्लो महिनाको भन्दा सात करोड ९३ लाख ५० हजार दुई सय ७४ रुपैयाँले खुद सम्पति घटेको हो ।

कात्तिकमा खुद सम्पत्ति एक अर्ब एक करोड ३१ लख ८६ हजार चार सय ४६ रुपैयाँ रहेकामा मंसिरमा आइपुग्दा ९३ करोड ३८ लाख ३६ हजार एक सय ७२ रुपैयाँमा मात्र देखिन्छ ।  ग्लोेबल आइएमई समुन्नत योजनाले मंसिर महिनासम्ममा सूचीकृत सेयरमा ४९ करोड ५९ लाख भन्दा बढी लगानी गरेको छ । यस योजनाले सूचीकृत नभएको सेयरमा चार करोड ७० लाख ३८ हजार दुई सय ६० रुपैयाँ लगानी गरेको छ । बैंक मुद्दति निक्षेपमा १० करोड रुपैयाँ राखेको छ ।  

यो समुन्नत योजनाले १५ वटा वाणिज्य बैंक, २२ वटा विकास बैंक, फाइनान्स कम्पनी चार, हाइड्रोपावर कम्पनी ३, लाइफ इन्सुरेन्स कम्पनी चार, निर्जीबन बिमा कम्पनी पाँचवटाको सेयरमा लगानी गरेको छ । यसैगरी अन्य कम्पनीका सेयरमा पनि लगानी रहेको छ । यस योजनाले कुल २२ लाख १४ हजार ६ सय ७२ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा बढी नबिल ब्यालेन्स फन्ड—१ को सात लाख २१ हजार दुई सय १० युनिट छ ।