गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, २४ जेठ २०७३)

06 Jun,2016
  • guras_6_6_2016_3_31_00.jpg


कम्पनीको २०७२/७३ आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा रू. १ करोड १५ लाख पुगेको छ । कम्पनीको आम्दानी ११ प्रतिशत बढेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्यूट्रल जोन (६३ दशमलव २८ स्केल)मा छ । खरीद विक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन ३३ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा, ७ दिने रेखा र ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ७ सय १० मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. ८ सय २१ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को तेस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- कम्पनीको तेस्रो त्रैमासमा खुद नाफा २७ दशमलव ३३ प्रतिशत घटेर रू. १ करोड १५ लाखमा सीमित भएको छ । व्यय ४१ दशमलव ३६ प्रतिशत बढ्नाले खुद नाफा घट्न पुगेको हो ।

- जगेडा कोष १६ प्रतिशत बढेर १८ करोड २४ लाख र बीमा कोष ४७ प्रतिशत बढेर रू. १ अर्ब ९६ करोड पुगेको छ ।

- दीर्घकालीन लगानी तथा कर्जा २ दशमलव ६५ प्रतिशत घटेर रू. २३ करोड ११ लाखमा सीमित भएको छ ।

- नाफा नोक्सान हिसाबमा आम्दानी ११ प्रतिशत बढेर रू. २ करोड ८४ लाख र व्यवस्था तथा खर्चहरू ७३ प्रतिशत बढेर रू. १ करोड ६९ लाख पुगेको छ ।

- आय ३९ दशमलव ८१ प्रतिशत बढेर रू. ६६ करोड ७१ लाख पुगेको छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू ३६ दशमलव ३९ प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू २४ प्रतिशत बढेको छ ।

- कुल दाबी भुक्तानी सङ्ख्या २ हजार ३ सय २८ छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या ८७ छ ।

- कम्पनीको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. ३ र पीई रेशियो २ सय १७ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको ५ गुणा छ ।