गुह्येश्वरी मर्चेण्ट एण्ड फाइनान्स : कम्पनी विश्लेषण (बुधवार, १९ असोज २०७३)

05 Oct,2016
  • guheshori_10_6_2016_11_24_03.jpg


२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा  ३८ प्रतिशत बढेकोे छ । पछिल्लो समयमा रहेको रू. ४४ लाख ८४ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम ३ दिनमा ‘फोर प्राइस डोजी’ प्याटर्न बनेको छ । यसले आगामी दिनमा शेयरमूल्य कता जान्छ भन्नेबारे स्पष्ट सङ्केत दिँदैन ।

आरएसआई : ओभरसोल्ड जोन (१० दशमलव ११ स्केल)मा छ । खरीदविक्री चाप बढेकोे छ । स्ट्याण्डर्ड डेभिएशन : ७ दशमलव ६६ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य र सातदिने औसत मूल्यरेखा ट्रेड लाइनभन्दा तल र २१ दिने औसत मूल्यरेखा ट्रेड लाइनभन्दा माथि छ । हालको विन्दुबाट मूल्य सस्तिएमा रू. ३ सय ६ मा टेवा पाउने र मूल्य महँगिएमा रू. ३ सय ६१ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- कम्पनीको चोथौ त्रैमासमा खुद नाफा ३८ दशमलव ८२ प्रतिशत बढेर बढेर रू. ७ करोड पुगेको छ । खुद ब्याज आम्दानी ५२ दशमलव ८६ प्रतिशत र सञ्चालन नाफा ६६ प्रतिशत बढ्नाले र पुरानो खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन हुनाले खुद नाफा बढेको हो ।

- कम्पनीको जगेडा कोष ३० दशमलव ३९ प्रतिशत बढेर रू. १३ करोड पुगेको छ ।

- ब्याज आम्दानी ३१ दशमलव २२ प्रतिशत र ब्याज खर्च १९ दशमलव ४६ प्रतिशत बढेकोे छ ।

- कर्मचारी खर्च २१ दशमलव ७१ प्रतिशत, अन्य सञ्चालन खर्च १६ दशमलव ६८ प्रतिशत र कुल सञ्चालन आम्दानी ४६ दशमलव ९२ प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति २ दशमलब १६ प्रतिशत घटेको छ भने अन्य सम्पत्ति १९ दशमलव ८० प्रतिशत बढेको छ ।

- सीडी रेशियो ७ प्रतिशत घटेर ६५ दशमलव २७ प्रतिशतमा सीमित भएको छ ।

- निष्क्रिय कर्जा शून्य दशमलव ५ प्रतिशत, पूँजी कोष लागत ६ दशमलव ७२ प्रतिशत र पूँजी कोष पर्याप्तता २३ प्रतिशत रहेको छ ।

- कम्पनीकोे चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपाता ३२ गुणा, प्रतिशेयर आम्दानी रू. २३ दशमलव ८३ र मूल्य आम्दानी अनुपात १५ गुणा छ । सो आम्दानी र पछिल्लो शेयरमूल्यको आधारमा निकालिएको पीई रेशियो साढे १९ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको २ गुणा छ ।