ग्रीन डेभपलमेन्ट बैंकको आइपीओ बाँडफाँट नतिजा

13 Jul,2016
  • green_bank_7_13_2016_2_52_01_7_13_2016_4_00_24.png
नेपाली पैसा
काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंकको आइपीओ बुधबार बाँडफाँट गरिएको छ । 
 
बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार यस बैंकको आइपीओमा नौ सय कित्तासम्मका लागि आवेदन दिनले चिठामा भर पर्नुपरेको छ । चिठाबाट सेयर पार्नेले पनि धेरैले १० कित्तामै चित्त बुझाउनुपरेको छ । 
 
त्यसभन्दा माथि आवेदन दिनेले १.०५ प्रतिशतका दरले सेयर पाएका छन् । आवेदक संख्या निकै बढी भएपछि नौ सय कित्तासम्ममा चिठा गर्नुपरेको एनआइबीएल क्यापिटलले जानकारी दिएको छ । 
 
कुल एक लाख एक हजार दुई सय ३१ जनाले ग्रीन डेभलपमेन्टको सेयर भरेका थिए । 
असारभित्रै बाँडफाँट गरेर कम्पनीले चुक्ता पुँजी बढाएको रिपोर्ट राष्ट्र बैंकमा पेस गर्ने तयारी गरेको छ । असार महिना सकिन अब पाँच दिन बाँकी छ । 
 
यो बैंकले जेठ २३ देखि २६ सम्म सेयर निष्कासन खुला गरेको थियो । बाँडफाँट गर्ने दिन भने निश्चित हुन बाँकी रहेको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडले जानकारी दिएको छ । 
 
यो बैंकमा न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म सेयर भर्न पाइने व्यवस्था थियो । करिब सय गुणा आवेदन परेकाले धेरैले सेयर पाउन चिठमै भर पर्नुपर्ने देखिएको छ । अधिकांशलाई १० कित्ता पर्ने सम्भावना छ । 
 
बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलका अनुसार कुल चार अर्ब १८ करोड रूपैयाँको सेयर आवेदन परेको थियो । बैंकले सर्वसाधारणलाई जम्मा चार करोड १८ लाख पाँच सय रूपैयाँका सेयर बिक्री गरेको हो । 
 
कुल चार लाख ५० हजार कित्तामध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई ३२ हजार पाँच सय कित्ता छुट्याइएकाले सर्वसाधारणको भागमा जम्मा चार लाख १८ हजार पाँच सय कित्ता मात्र सेयर पर्छ । 
 
बैंकको आइपीओमा कुल एक लाख तीन हजारवाट आवेदन परेको थियो । बागलुङमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले एक सय रूपैयाँ अंकित मूल्यको सेयर निष्कासन खुला गरेको हो । 
 
डिम्याट खाता उल्लेख गरेकाहरूको सेयर खातामै पठाइने बिक्री प्रबन्धकले जानकारी दिएको छ । 
 
यस बैंकको अधिकृत पुँजी ५० करोड रहेको छ भने जारी पुँजी १० करोड छ । चुक्ता पुँजी पाँच करोड ५० लाख पुगिसकेको छ । आइपीओ बाँडफाँटपछि चुक्ता पुँजी १० करोड पुग्नेछ ।