हाम्रो विकास बैंकले यसरी बढाउने भयो चुक्ता पुँजी, पुस २९ मा साधारण सभा

21 Dec,2016
  • hamro_12_21_2016_5_06_01.jpg
काठमाडौं
 
नेपाली पैसा :  हाम्रो विकास बैंकको आठौं वार्षिक साधारण सभा पुस २९ मा हुने भएको छ ।
 
हाम्रोले यसपटक साधारण सभामा २५ प्रतिशत बोनस सेयर प्रस्ताव गर्दैछ । बैंकले बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीको १ः२ (एक कित्ता बराबर थप दुई कित्ता) अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि लैजाँदैछ । 
 
त्यस्तै सभामा बैंकले अधिकृत पुँजी बढाएर ५० करोड रुपैयाँ पु¥याउने प्रस्ताव पनि पेस हुनेछ । नुवाकोट स्थित बिदुर— ३ बट्टारमा रहेको सताञ्चुली होटलमा दिउसो १ बजे साधारण सभा सुरु हुनेछ ।

कम्पनीले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर हुनका लागि पनि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजाँदैछ । साधारण सभा प्रयोजनका लागि हाम्रोले पुस ८ गतेदेखि पुस २९ गतेसम्म सेयर धनी दर्ता किताब बन्द गर्नेछ । 
 
चुक्ता पुँजी १२ करोड २३ लाख ३३ हजार रुपैयाँ रहेको हाम्रोले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड १० लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
प्रतिसेयर आम्दानी ३६ रुपैयाँ २२ पैसा (बार्षिकीकरण) रहेको बैंकको प्रतिसेयर नेटवर्थ भने एक सय ४७ रुपैयाँ ५३ पैसा छ ।