हाम्रो विकासको निष्कृय कर्जा शून्य दशमलव ८३ प्रतिशत

29 Jan,2016
  • download_1_29_2016_4_03_34.jpg
माघ १५, काठमाडौं । हाम्रो विकासको बैङ्कको पुस मसान्त सम्ममा खुद मुनाफा रू. १ करोड ३० लाख पुगेको छ । यो गत आवको दोस्रो त्रैमाशको तुलनमा १ सय २७ प्रतिशत बढी हो । खुद व्याज आम्दानी ८१ प्रतिशत र सञ्चालन मुनाफा १ सय ४५ प्रतिशत बढेकोले मुनाफा बढ्न पुगको हो । गत आवमा १ दशमलव २८ प्रतिशत रहेको निष्कृय कर्जा चालु आवमा ० दशमलव ८३ प्रतिशतमा सिमित पारेको छ । त्यसैगरी चालु आवमा रू.१० लाख ५६ हजार राईट ब्याक उठाउन सफल भएको छ ।