प्रतिसेयर आम्दानी ३८ रूपैयाँ ९८ पैसा रहेको हिमालयनको जगेडा कोषमा चार अर्ब ८१ करोड

15 Nov,2016
  • himalayn_11_15_2016_12_45_40.png
नेपाली पैसा 
 
काठमाडौं : हिमालयन बैंकले ४३ करोड ८४ लाख ६१ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
बैंकले गत वर्षभन्दा नाफा ११ करोड ५६ लाख ७६ हजार रूपैयाँले बढोत्तरी गर्न सफल भएको हो । गत वर्ष यही बेला हिमालयनको खुद नाफा ३२ करोड २७ लाख ८५ हजार रूपैयाँ मात्र थियो । 
 
चुक्ता पुँजी चार अर्ब ९६ करोड ४३ लाख ५७ हजार रूपैयाँ रहेको हिमालयनको जगेडा कोषमा चार अर्ब ८१ करोड ३७ लाख ७८ हजार रूपैयाँ जम्मा भइसकेको छ । चुक्ता पुँजीकै हाराहारीमा जगेडा कोषमा पैसा हुनु बैंकको सबल पक्ष देखिन्छ । 
 
हिमालयनले खुद ब्याज आम्दानी बढाएर ८२ करोड ६१ लाख ८२ हजार रूपैयाँ पुर्याएको छ । गत वर्ष यही बेला बैंकको खुद ब्याज आम्दानी ६९ करोड ७२ लाख ५० हजारमात्र थियो । 
 
हिमालयनले यसअवधिमा ९३ अर्ब रूपैयाँभन्दा बढी निक्षेप संकलन गरी ७२ अर्ब रूपैयाँभन्दा धेरै कर्जा प्रवाह गरेको छ । यो तथ्यांकले बैंकले व्यापार विस्तार पनि क्रमशः गरिरहेको देखाउँछ । 
 
बैंकको प्रतिसेयर आम्दानी ३८ रूपैयाँ ९८ पैसा हुँदा प्रतिसेयर नेटवर्थ २१७ रूपैयाँ ३३ पैसा छ । खराब कर्जा अनुपात १.१७ प्रतिशत रहेको हिमालयनको कस्ट अफ फन्ड चाहिँ २.६२ प्रतिशत रहेको छ ।